काठमाडौँको सानो भर्‍याङमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु



काठमाडौं।

काठमाडौंको सानो भर्‍याङमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार चितवनका अन्दाजी ३५ बर्षीय अर्जुन लोहनी रहेका छन् । स्कुटर अनियन्त्रीत भएर सडक डिभाइडरमा ठोकिंदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वनस्थलीबाट स्वयम्भु तर्फ आँउदै गरेको बा९५प ९७२३ नम्बरको स्कुटर गएराति सवा २ बजे सडक डिभाइडरमा ठोकिएको थियो ।

घाइते भएका लोहनीको उपचारको क्रममा स्वयम्भु स्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरी वृत्त स्वयंभुले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्