उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल ट्राफिकले धनीलाई बुझायो



काठमाडौँ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

ट्राफिक कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले विभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ३वटा स्कुटर सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्वात परिचालित ट्राफिक प्रहरी टोलीलेविशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाईजिम्मा लगाएको प्रनामनि जोशीले बताए।

आ.व. ०७८/०७९ मा ४६३ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ भने ४४ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आबश्यक अनुसन्धान एवं कारबाहीको लागी बिभिन्न प्रहरीबृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्