लिम्बू भाषा र संस्कृतिमा रीत



फाल्गुनन्द लिङदेन फिल्मद्वारा निर्मित लिम्बू भाषा र संस्कृतिमा आधारित फिल्म रीतको छायांकन पूरा भएको छ। दिनेश लिङदेनको पटकथा, संवाद र निर्देशन रहेको फिल्म ताप्लेजुङको सिनाम, पाँचथर, इलाम र उपत्यकामा छायांकन गरिएको छ।

निर्देशक लिङदेन  नले फिल्ममा लिम्बू जातिको विवाहमा हुने संस्कारलाई देखाइएको बताए। फिल्ममा लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, यासेली योङमाङ, तेज मेन्याङबो, सोनु लिम्बू, पूर्ण सेलिङ, दिनेश माङमु, रत्ना लिङदेन, राजु घिमिरे, भीम थेबे, एन्जिला नेम्वाङ, नन्दु तुम्बापो, नितु नेम्वाङ, प्रभु कुरुम्वाङलगायतले अभिनय गरेका छन्। होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङनामद्वारा निर्मित फिल्ममा मान तबेबुङ र अशोक राईको संगीत, श्रेयसी चेम्जोङ, सुसन साम्सोहाङ र मान तबेबुङको गायन, दिनेश माध्रमुको कोरियोग्राफी र सुमन तामाङको छायांकन छ।

प्रतिक्रिया दिनुहोस्