मकवानपुरमा जन्ती बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, २१ जना घाइते



हेटौंडा ।

पूर्वी मकवानपुरको फापरबारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् ।

धरान-चतरा सडकखण्डअन्तर्गत बागमती गाउँपालिका–८ कालिका कन्स्ट्रक्सन मोडमा जन्ती बोकेको ट्याक्टर दुर्घटना १६ वर्षीय युवको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कक्षा १० मा पढ्ने विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो । जन्ती बोकेर मकवानपुरको बेतीनीबाट सिन्धुली जाँदै गरेको ना८त ८०७३ नम्बरको ट्याक्टर सडकबाट पल्टेर दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्