प्रधानमन्त्री मोदीका प्रखर आलोचक पक्राउ



एजेन्सी ।भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको प्रखर आलोचक तथा फ्याक्ट–चेकिङ वेबसाइटका सह–संस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । अल्ट न्यूजका मोहम्मद जुबैर पक्राउ परेका हुन् । उनलाई ट्विटरमा धार्मिक विश्वासको अपमान गरेको आरोप लगाइएको भारतीय मिडिया संगठनहरूको नेटवर्कले जनाएको छ ।

उनको पक्राउको विपक्षी नेता र कार्यकर्ताहरूले  निन्दा गरेका छन् । जुबैरले हालै सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का एक प्रवक्ताले एक टेलिभिजन बहसको क्रममा पैगम्बर मुहम्मदको अपमान गरेको टिप्पणीलाई हाइलाइट गरेका थिए ।

उनको ट्वीट चौतर्फी सेयर गरिएको थियो । धेरै मुस्लिम देशहरूले भारतसँग कडा विरोध जनाएका थिए । पछिल्ला सातामा हिन्दू राष्ट्रवादीहरूले जुबैरले गरेका विगतका टिप्पणीहरूमा सरकारको ध्यानाकर्षण गरेका छन् र आफूहरूको धार्मिक भावनामा चोट पुर्‍याएको अभियोगमा कारबाही गर्न सरकार समक्ष मागसमेत गरेका छन् । सन् २०१८ मा एउटा विवादास्पद ट्वीट गरेपछि जुबैर पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्