अन्तिम संस्कारमा दिया


निर्देशक प्रदीप शाहीको निर्देशनमा अन्तिम संस्कार नामक फिल्म बन्ने भएको छ। फिल्मको मुख्य भूमिकाका लागि अभिनेत्री दीया पुनलाई अनुबन्धित गरिएको छ। फिल्मको निर्माण समूहले हालै अभिनेत्री पुनसँग लिखित सम्झौता गरेको हो।

विनोद सुवेदी (खत्री) को निर्माण रहने फिल्ममा दीयासँगै विजय लामा, एवनराज उप्रेती, त्रिचन्द्र राई, विनोद सुवेदी (खत्री), सस्मिता गिरी, श्याम राईलगायतका कलाकारको अभिनय रहनेछ।

शाही प्रोडक्सन प्रालीको ब्यानरमा सामाजिक कथामा बन्ने फिल्म अबको केही समयपछि छांयाकनमा जाने भएको छ। निर्देशक शाहीको यो दोस्रो फिल्म हो। उनको निर्देशनमा बनेको पहिलो फिल्म गोर्खा ः बिनिथ द ब्रेभरी प्रदर्शनको तयारीमा छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।