पल शाहकाे मुद्दाबारे उच्च अदालतमा बहस चल्दै



पाेखरा ।

बलात्कार आराेपमा मुद्दा खेपिरहेका अभिनेता पल शाहकाे साधारण तारेख मागसम्बन्धी निवेदनमा उच्च अदालतमा वहस सुरु भएकाे छ । न्यायधीश द्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीकाे संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस गरिरहेका छन् । पल शालकाे ५ जना र प्रतिवादीकाे तर्फबाट २ जना वकिलले बहस गर्दैछन् ।

उच्च अदालत पाेखरामा शाहकाे तर्फबाट वकिलहरुले निवेदन दिएका थिए । ११ फागुनमा शाहले अदालतमा आत्मसमर्पण गरेका थिए । १० चैतमा उनलाई पुर्पक्षका लागि जिल्ला अदालतले जेल चलान गरेकाे थियाे । १५ चैतमा उच्च अदालतमा बाहिर बसेर मुद्दा लड्न पाउने माग गरी निवेदन दिएका थिए । त्यसपछि लगातार ४ पटक पेसी सरिसकेकाे छ ।

प्रतिक्रिया दिनुहोस्