पर्वतका सात वटै पालिकाको कार्यपालिकामा एमालेको एकल बहुमत



पर्वत ।

पर्वतका सात वटा स्थानीय तहका कार्यपालिकामा एमालेले जित निकालेको छ ।
सात मध्ये पाँच स्थानीय तहमा प्रमुख गुमाएको नेकपा(एमाले)ले कार्यपालिकामा भने बहुमत हासिल गरेको हो । एमालेले पर्वतका ७ स्थानीय तह मध्ये दुई पालिकामा प्रमुख र पाँच उपप्रमुखसहित ३३ वडाध्यक्ष जितेको छ ।

पर्वतमा दुई पालिकामा कार्यपालिका सदस्य पदमा एमालेका उमेदवार नै सर्बसम्मत भएपछि निर्वाचन भएन भने पाँच वटा पालिकामा भएको निर्वाचनमा पनि एमालेका सबै उमेदवार विजयी भएका छन् । उपमेयर मात्र जितेको कुस्मा नगरपालिकामा एमालेबाट दलित वा अल्पसंख्यकतर्फ शिवलाल सार्की, गोपाल विश्वकर्मा, लखन सुनार, खुल्ला महिलातर्फ दुर्गा कुमारी शर्मा,सविता वि.क, रिता कुमारी वि.क, सुधा गुरुङ र विन्दु कुमारी पौडेल निर्वाचित हुनुभएको छ ।

त्यस्तै मेयर र उपमेयर हारेका फलेवास नगरपालिकामा महिला तर्फ दुर्गा शर्मा, भगवती पौडेल , सावित्रा शर्मा, सुनिता शर्मा, कला नेपाली र खुल्ला दलित तथा अल्पसंख्यक तर्फबाट नेत्र विश्वकर्मा, बाबुराम विश्वकर्मा, चन्द्रबहादुर नेपाली एमालेबाट कार्यपालिकामा निर्वाचित हुँदा एकल बहुमत भएको छ ।

यसैगरी पैंयु गाउँपालिकामा महिलातर्फ शर्मिला नेपाली, चन्द्रकला न्यौपाने, उमादेवी बिक, मिठु क्षेत्री र दलित तथा अल्पसंख्यक तर्फ फुलमाया बिक र वविता हिताङ्ग निर्वाचित हुनुभएको छ ।

महाशिला गाउँपालिकामा खुल्लातर्फ विष्णुराम बिक, झलक नेपाली र महिला, दलित तथा अल्पसंख्यकतर्फ जयकली मल्ल, निरु नेपाली, हुम कुमारी पौडेल क्षेत्री र गीता बिक निर्बीरोध निर्वाचित हुनुभएको थियो ।

यस्तै जलजला गाउँपालिकामा खुल्लातर्फ बबी सुवेदी, माया कुमारी भुसाल, सुनिता खत्री, विमला बरुवाल खत्री र दलित तथा अल्पसंख्यकमा भीम बहादुर दमै र भीमसेन बहादुर बराइली निर्वाचित भएका छन् भने मोदी गाउँपालिकामा महिलातर्फ लक्ष्मी बिक, कृष्ण कुमारी मल्ल, शान्ता आले र सन्तोषी बिक तथा दलित तथा अल्पसंख्यकतर्फ रिता सुनार बिक र डिलमाया नेपाली निर्वाचित हुनुभएको छ ।

बिहादी गाउँपालिकामा महिलातर्फ माया बिक र तुलसी सुनार तथा दलित तथा अल्पसंख्यकतर्फ यामकला नेपाली, कमला कुमारी परियार, सबिता गुरुङ, विष्णु भुसाल निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

जिल्लाका कुनै पनि पालिकाको कार्यपालिका निर्वाचनमा गठबन्धन उम्मेदवार जित्न सकेनन् । जिल्ला समन्वय समितिमा पनि गठबन्धन र एमालेका समान सात सात जना मतदाता रहेका कारण सर्वसम्मत वा निर्वाचनमा जाँदा गोलाप्रथाबाट टुंगो लगाउनुपर्ने अबस्था छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्