युवकको हत्या, एक पक्राउ



बैतडी  । 

बैतडीको डिलासैनी गाउँपालिकामा शनिबार एक युवकको हत्या भएको छ । हत्या आरोपमा सोही गाउँका २९ वर्षीय वीरेन्द्र सिंह ऐरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दिउँसो १ बजेतिर खानेपानीको विषयमा विवाद हुँदा उनले डिलाशैनी–७ मनकुडाका २७ वर्षीय श्यामबहादुर ऐरको छातीमा कोदालोले हिर्काएर हत्या गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

श्यामलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।मृतकको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्