जाजरकोटको भेरी नदीमा डुबेर एक युवक बेपत्ता



जाजरकोट । जाजरकोटको भेरी नदीमा डुबेर एक जना युवक बेपत्ता भएका छन् । नदीमा नुहाउन पसेका युवक डुबेर बेपत्ता भएका हुन् ।

आठबिसकोट नगरपालिका–११ चिसापानी रुकुम पश्चिमका २२ वर्षीय बीर्खबहादुर कामी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

आठबिसकोट रुकुम पश्चिमबाट जाजरकोट जन्त आएका कामी हिजाे दिउँसो १ बजे भेरी नगरपालिका–४ स्थित भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा डिएसपी सन्तोष निरौलाले बताए ।

बेपत्ता कामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्