एमालेबाट शुक्लागण्डकी प्रमुखका उम्मेदवार मुक्ति तिमल्सिनाको समृद्ध नगर बनाउने प्रतिवद्धता

स्थानीय तह निर्वाचन



नेकपा (एमाले)बाट शुक्लागण्डकी नगरपालिकाको प्रमुखका उम्मेदवार मुक्ति तिमल्सेनासँग नगरको समग्र विकास र नगरबासीका लागि के-कस्ता प्रतिबद्धता छन् भन्नेबारे गरिएको संवादकाे सम्पादित अंश

शुक्लागण्डकी मेयर पदमा उम्मेदवार हुँदै गर्र्दातपाईंले नगर नगरबासीका निम्ति के कस्ता एजेन्डा अगाडि सार्नुभएको छ ?

शुक्लागण्डकी प्राकृतिक स्रोत साधनदेखि लिएर पर्यटनको धेरै सम्भावना भएको ठाउँ हो । यस्लाई समृद्धसँग जोड्नका लागि हामी विभिन्न क्षेत्रलाई समेट्ने संकल्प गरेका छौं । सुरुमा त सेती नदीबाट बगिरहदा खेरि त्यहाँका खानिजपदार्थहरुलाई अहिले पनि घाटहरु संचालन भएका छन् । त्यसलाई व्यवस्थित रुपमा नियन्त्रण गर्ने । शुक्लगण्डकीको आयस्रोतको रूपमा सबैभन्दा ठूलो गिट्टी बालुवालाई टणबन्दन जलभाब राख्दै त्यसबाट आयआर्जन गरिनेछ ।

त्यसैगरी कृषिलाई शुक्लागण्डकी उत्तरतिर फर्केको र मान्सिकोटजस्तो ठाउँमा एक वर्षको पाँच करोडभन्दा बढी सुन्तला बिक्री भएको छ । त्यसैगरि कृषिलाई पकट क्षेत्रको रुपमा विस्तार गरिनेछ। त्यसैगरी अरु कागती र मौरी खेतीको उत्तिकै सम्भावना देखिन्छ, श्त्यसैगरी धार्मिक पर्यटनको हिसावले ढोरबराही, तिनखोले मुक्तिनाथ च्याउधाम, गुर्धुङ्कोट, मिलेनियम ट्रेक, भुल्भुलेबराही जस्ता धेरै स्थानहरुमा टाढाटाढा देखि पुजा भाक्कल गर्ने आएका हुन्छन् । यस्ता धार्मिक पर्यटनहरुलाई पनि व्यवस्थित गर्न सक्यौं भने यसबाट पनि हामीले ठूलो हो आम्दानी गर्न सक्छौं । येसैगरि हिमदृश्य देखिने दगाम, भुजिकोट, फिरफिरे रायिपुरकोटदेखि लिएर मनोरम दृश्य ५र६ वटा जिल्लादेखिने ठाँउहरु पनि हाम्रो शुक्लागण्डकी भित्र भएको हुँदाखेरि पर्यटन कृषि र यि खनिज पदार्थहरु शुक्लागण्डकी भित्र खरिद हुने स्लेट ढुङ्गा हरु पनि छन। तिनीहरुलाई पनि उत्पादन गरी स्रोतको रूपमा लिन सकिन्छ ।
होटल व्यवसायहरूपनि पर्यटनसंग जोडेरआरे आर्जन सँगजोड्न सकिन्छ र समृद्धिको

अभियानमा यसरी जोड्न सकिन्छ ?

शैक्षिक रुपमा यो गण्डकी विश्वविद्यालय अन्तर्गत यहाँ मेडिकल कलेज निर्माणको चरणमा छ । शुक्लागण्डकी पाँचमा र रहेको भानुभक कलेजमा पनि प्राविधिक शिक्षा संग जोड्ने छौँ । राष्ट्रीय स्तरको स्तरको विपी कोइराला श्वासप्रस्वास केन्द्र हस्पिटलले ४ वटा ईलाको विशिष्ट सेवा दिइने भनिएको छ । त्यसलाई पनि केन्द्र सँग जोड्ने छौँ । यहाँ रहेको एघार म(मा नगर स्तरको हस्पिटल शिलन्यास भएको छ र त्यसलाई पनि संचालन गर्छौँ र शिक्षा, स्वास्थ खेल र अहिलेपनि शिक्षा केही शिक्षकहरु निजी स्रोतमा चलाउनु परेको छ र यसलाले विद्यार्थी संख्याको हिसाबमा विद्यालयले त्यो बोझिलो भार नगरपालिकाकाले लिनेछ ।
पशुपालन सम्भावनालाई किसानहरुसँग जोड्ने लक्ष्य लिएका छौं । र, म आफै पनि थुप्रै संघसंस्थामा आवद्ध भएको कारणले आफ्नो अनुभव हरुलाई कार्यान्वयन गर्न पाइयो भने शुक्लालाइ समृद्ध सँग जोड्ने अपेक्षागर्दछु ।

निर्वाचनमा गर्ने प्रतिबद्धता र निर्वाचन पछि गर्ने व्यवहार फरक हुन्छ भन्छन्, तपाईंलाई कस्तो लाग्छ ?

कतिपय व्यक्तिहरुले त्यो गरेको पनि देखियको छ । निर्वाचनको जित र हारपछि हामी त्यस्तो गर्दैनौं । सामाजिक जीवनमा हाम्रो थुप्रो समयदेखि अनुभव छ । र, थुप्रो संस्थामा गरेको हुनाले जनताको बीचमा जान पर्दा गर्नै नसक्ने काम हामी यसै राख्दैनौ, गर्न सक्ने काम कहिलेकाहीँ श्रोत साधनको अभावले एकै वर्षमा सम्पन्न नहुन सक्ने स्थितिलाई क्रमशः निरन्तरता दिइरहन्छौ । यसको लागि हाम्रो जीवन नै यहि समर्पित गरिई धेरै दर्जनौ संस्थामा काम गरेपछि ती कुराका समस्या आउँछ जस्तो मलाई लाग्दैन ।

यतिकै आधारमा तपाईं विजय हुनुहोला त ?

हामीसँग जित्नको लागि थुप्रै आधारहरु छन्, पार्टीको संगठनात्मक रूपमा पनि नेकपा (एमाले)को संगठन बलियो छ ।। हिजै पनि हामीले यहाँ सांसददेखि लिएर पालिकामा धेरै पटक जितेका थियौं । गएको निर्वाचनमा मात्र हामीले माओवादी र नेपाली कंग्रेसको गठबंधनको कारणले र केही असन्तुष्टिको कारणले हामीले निर्वाचनमा मेयर पदमा पराजित भयौँ भने, कार्यपालिकामा अत्याधिक बहुमतका साथ हामीले जित्यौंँ । त्यसकारण ले हामी निर्वाचन जित्ने कारण भनेको हो । हाम्रो संगठन, कर्यकर्ता र नगरवासीको साथ र सहयोगका साथसाथै, हाम्रो भनाइ र व्यवहारलाई पनि हामीले त्यही अनुसार अगाडी बढाएकाले हामी विजयी हुन्छौ जस्तो लाग्छ ।

एजेन्डा त विपक्षीका पनि राम्रा होलान् नि र ?

एजेन्डा विपक्षीका पनि राम्रा हुन सक्छन् । उनीहरुका सबै पार्टीका राम्रा हुन्छन् । हामीले यो कुरा राज्य सञ्चालन गर्दा पनि देखेका छौँ । सबै पार्टीहरु सत्तामा गइसके, कुन पार्टीले कस्तो काम गर्यो भन्ने कुरा जनतालाई ढाँट्ने स्थिति छैन । त्सकारणले गर्दा विगतका कामहरू देखेर र भोलिका दिनहरूमा पनि यी पार्टीहरुले यी नेतृत्व गर्छ भन्ने कुरा मलाई लाग्छ । आम जनताहरुलाई त्यो आशा भरोसा र कुन पार्टीको नेतृत्वले के गर्छ भन्ने कुरा भनिराख्न पर्ने बोलेर मात्र नहुने मलाई चाहिँ त्यस्तो लाग्छ ।

विगतमा स्थानीय निकाय भ्रष्टाचार, बेरुजु, अनियमिता, डोजरे विकास, मनपरीतन्त्र भएको आरोप लाएको छ, यसलाई तपाईंले कसरी चिर्नु हुन्छ ?

सबैभन्दा पहिला त त्यहाँ जाने नेतृत्वले चाहीँ त्यो काममा लाग्ने सुशासन र प्रशासन चुस्त दरुस्त राख्यो भने कहीं पनि त्यस्तो खालको काम हुँदैन । म धेरै संस्थाहरुमा आबद्ध भए र त्यसकारणले यहाँहरुलाई मैले त्यो नेतृत्व लिइरहँदा पूर्ण विश्वस्त हुनुहुने छ कि मान्छेले कल्पना पनि गर्न नसक्ने हिसाब किताब ले काम गर्छु जस्तो लाग्छ सुशासनदेखि लिएर भ्रष्टाचारमुक्त र सेवा प्रभावमा चुस्तदुरुस्त प्रशासन गराउनेमा म तल्लीन हुनेछु । मेरो टिमलाई मैले खबरदारी गर्नेछु र अन्य कर्मचारीको तर्फबाट ढिलासुस्ती भयो भने हामीलाई असह्य मन्नेछौँ । हामी त्यसलाई पनि निराकण गर्ने छौँ ।

पार्टी विभाजित भएको अवस्था छ, निर्वाचनमा कस्तो असर पर्ला ?

निश्चय पनि पार्टी विभाजनले क्षति नै हुन्छ र हामीले जति सोचेका थियो त्यो अनुसारको छैन र घर फर्किएर जाने साथिहरू पनि केहि आइसक्नु भएको छ । केही साथीहरु कुन दिन आउने भनेर जोखना हेर्दै हुनुहुन्छ सायद निर्वाचन अघिपछि पनि हामीबाट छुट्टिएर गएको साथीहरु अधिकांश आउने छन् । उहाँहरू प्रतिक्षामा हुनुहुन्छ हामि पनि उहाँहरुलाई एकै ठाउँमा समाहित गर्ने कुरामा चाहिँ कुरिरहेका छौ, वार्ता, छलफल संवाद भइरहेको छ ।

तपाईं अरूभन्दा फरक उम्मेदार ?

मलाई लाग्छ म धेरै संस्थामा आवद्ध भएका कारण धेरै विषयमा अनुभव रहेको छ । यसभन्दा अघि तनहुँ जिल्लाका सबै बोर्डिङहरु बन्द थिए । विद्यार्थीहरूको स्थिति नाजुक थियो । अभिभावक अलपत्र थिए । मैले त्यो संकटको बेलामा एकातिर जनयुद्ध चलिरहेको थियो र त्यहीबेला निजी विद्यालय बन्द भएपछि बिहानको समयमा हामीले ७ सय विद्यार्थी अंग्रेजी माध्यमा हजारौ विद्यार्थीलाई नेपाली माध्यममा पढ्ने व्यवस्था मिलाएको थिए । त्यो चुनौती गरिसकेको हुँदा धेरै अभिभावकहरु जोडिएका थियौं । यसैगरी मैले आजसम्म जति पनि संघसंस्थामा नेतृत्व गरे सो संघसंस्थामा रहनु भएका साथीहरुलाई मेरो काम प्रतिको इमान्दारिता निष्ठा र लगनशिलताले गर्दा मलाई समर्थन गर्नु भएका कारणले मलाई अरू उम्मेदवार भन्दा फरक बनाउँछ जस्तो लाग्छ ।

विगतमा तपाईंको पार्टी नेतृत्व बीचको कलहका कारण बदनाम भयो, यो अवस्थामा तपाईंलाई मतदान होला ?

पार्टीमा विग्रह आयो । तल्लोतहको कमिटीभन्दा पनि माथिल्लो नेतृत्वले चाहिँ पार्टीलाई एकीकरण गर्यो । पछि विभाजन पनि भयो र जुन नेतृत्वले चाहि यो मुलुकको समृद्धिको अभियानमा जे जस्ता राष्ट्रिय अन्तराष्ट्रिय र विकास समृद्धिका आधारहरु समाजवादमा पुग्ने लक्ष्यहरू लियो, त्यसकारण अहिलेको नेतृत्व प्रति हामी खुसि नै र्छौं । नहुन पर्ने पार्टी विभाजन भयो, जनवको भावना कार्यकर्ताको भावना विभाजनका पक्षमा थिएन । तर देशी विदेशी प्रतिक्रियावादीहरुले चाहिँ एमालेको सरकारलाई हटाउने काम गरे । कतिवेला एमालेका उम्मेदवारहरू आउँछन र मतदान गर्छन् र अरू फरक पार्टीमा रहनेले पनि हामि एमाले जस्तो राष्ट्रियता र नारा लिएर आउने पार्टी र उसको काम र समृद्धिको गराइप्रति विश्वस्त छौ भन्ने कुरा हामी जनताको बीचमा यो खालको सुझावहरु पाएका छौं ।

निर्वाचनमा तपार्इंहरुको पनि अवैध गठबन्धन भयो भन्ने आलोचना छ के भन्नु हुन्छ ?

हाम्रो त्यस्तो किसिमको गठबन्धन छैन । माओवादी केन्द्रसँंग र जनमुक्ति साथीहरूसँग पनि हामीले कुरा गर्यौ । निर्णयमा हामी पुग्न सकेनौ । उहाँहरूले पनि हामीसँग उहाँहरुसँग सहकार्य भएन राष्ट्रिय जनमुक्ति पार्टीसंग सहकार्य गर्यौं । बार्ता गर्यौँ । उहाँहरूले आफ्नो चुनाब चिन्हमै लडने भनी सकेपछि एक खालको छलफल भएको छ र यो निर्णयमा पुग्छ कि पुग्दैन बाँकी दिनमा थाहा हुन्छ ।

अन्त्यमा तपाईं निर्वाचित हुने आधार के हो ? पार्टीभित्रको असन्तुष्टि कसरी सम्बोधन गर्नुहुन्छ ?

पार्टीभित्र धेरै योग्यता क्षमतावान साथीहरू हुनुहुन्छ । हामी निर्वाचनको दायराभन्दा माथि जान सक्दैनौँ । केही साथीहरूले आफूलाई अन्याय भयो, कामको मुल्यांकन भएन, पार्टीले विवेक प्रयोग गरेन भनेर असन्तुष्टि राख्नुभाछ । ति साथीहरुसँग हामी भेटघाटमा छौ, उहाँहरूका कुराहरू सुनिसके पछाडि पार्टीको नीतिले यो कारणले तपाईले, यो पटक हामीले जित्नको लागि कामको मुल्यांकन भन्दापनि २ भोट, १० भोट बढी जस्ले पाउछ भन्ने हामीले सामान्य रूपमा संर्वेक्षणको आधारमाकेही केही साथीहरुलाई मर्का परेको छ । त्यसलाई यो पार्टीको यो मात्रै अन्तिम निर्वाचन हैन, यस्ता निर्वाचनदेखि लिएर अन्य कार्यहरू पनि अगाडी बढ्ने छन् ।

प्रतिक्रिया दिनुहोस्