‘लेट मिइन मिसेस् ब्युटी क्विन नेपाल २०२२’को उपाधि मञ्जुलाई



काठमाडौं ।

काठमाडौंमा भएको ‘लेटमिइन मिसेस् ब्युटी क्विन २०७८’ को उपाधि काठमाडौंको गोठाटारकी मन्जु डोटेलले हात पार्नुभएको छ । सिजन मिडियाद्वारा शनिवार आयोजित समारोहमा बाह्र प्रतियोगीलाई पछि पार्दै डोटेलले उपाधि लिन सफल हुनुभएको हो । उहाँले पपूलर र मल्टिमिडिया अवार्डसमेत जित्नु भएको छ ।

काठमाडौंको नाचघरमा भएको फाइनल प्रतिस्पर्धामा धनगढीकी निरु सिंह फस्ट रनर अप र पोखराकी दुर्गा लामिछाने सेकेन्ड रनर अप हुनुभयो । प्रतियोगितामा सावित्री पाण्डे र सीता पाण्डे क्रमशः थर्ड र फोर्थ रनर अप हुन सफल हुनुभयो भने मिना महर्जनले अर्गनाइजर च्वाइस अवार्डको उपाधि प्राप्त गर्नुभएको छ ।

अन्तिम प्रतिस्पर्धामा निरु सिंहले मिसेस् इलिगेन्स, सविता पोखरेलले मिसेस् व्यूटिफुल स्किन, सावित्री पाण्डेले मिसेस्  भ्युअर च्वाइस, सुमिता तामाङ गुरुंगले मिसेस् इनोसेन्ट, दुर्गा लामिछाने मिसेस्  इन्टेलिजेन्स अवार्ड प्राप्त गर्नुभयो ।

यस्तै सविना आले मगरले मिसेस् फेसनेवल, रुपा परियारले मिसेस् मोष्ट ट्यालेन्टेड, सुमित्रा पराजुलीले मिसेस् डिसिप्लिन, सीता पाण्डेले मिसेस् वेस्ट वाक, प्रेरणा सिंजापति बरालले मिसेस् फोटोग्राफी, मिना श्रेष्ठले वेस्ट पर्सनालिटी अवार्ड प्राप्त गर्नुभएको छ ।

कुल २० प्रतिस्पर्धीमध्येबाट छनोट भएर आएका १२ जना अन्तिम प्रतिस्पर्धामा सहभागी हुनुभएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिनुभयो । फागुनमा १५ बाट शुरु भएको प्रतियोगिताको यो पाँचौँ संस्करण हो । उहाँले महिलाको प्रतिभालाई उजागर गर्दै उनीहरूको आत्मविश्वास बढाउनका लागि कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्