तेस्रो पटक आमा बन्दै छिन काजोल !



खासै फिल्ममा व्यस्त नभए पनि  बलिउड अभिनेत्री काजोल  कुनै न कुनै बहानामा चर्चामा आई रहन्छिन्। केही समय अघि  आफ्नो लागि फ्ल्याट किनेको खबरका कारण चर्चामा रहेकी करिना यस पटक भने एक पार्टीमा सहभागी हुँदा लगाएको फिटिङ कपडाका कारण चर्चामा आएकी छिन्।

अभिनेता करण जोहरले राखेको होली पार्टीमा सहभागी हुन गएकी काजोलले  लगाएको कालो रङको अफ शोल्डर गाउन केही फिटिङ भएको कारण  उनलाई मोटी र  पेट ठुलो देखिएपछि उनले ट्रेलको सामना गर्नु परेको छ। सोही क्रममा सामाजिक सञ्जालमा ट्रोलरहरुले के तपाई गर्भवती हुनुहुन्छ भन्ने प्रश्न गरेपछि फ्यानहरुविच नै एक प्रकारको वादविवाद सुरु भएको छ।

केही फ्यानहरुले काजोलले आफ्नो शरीरलाई सन्तुलनमा नराखेकोमा गुनासो पाखेका छन भने केहिले काजोललाई निकै राम्री देखिएको तर्क गरेका छन्। पहिले नै एक छोरा र एक छोरीकी आमा बनिसकेकी  काजोल फ्यानहरुको फेरी पनि आमा बन्न लागेको हुन कि भन्ने प्रश्नमा भने मौन छिन्।कपडा फिटिङ भए पनि समारोहमा काजोल निकै सहज ढंगमा प्रस्तुत भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्