नेपालको छवि तथा विश्वसनीयता उल्लेख्य रूपमा बढेको छ : प्रधानमन्त्री देउवा



न्युज अफ नेपाल, काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकार बनेयता अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि तथा विश्वसनीयता उल्लेख्य रूपमा बढेको दाबी गर्नुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७४ औं स्थापना दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले नेपाल र नेपालीप्रति अन्तर्राष्ट्रिय सद्भाव बढेको दाबी गर्दै अन्तर्राष्ट्रिय समुदायमा देशको छवि उकास्ने, अन्तर्राष्ट्रिय समुदायबाट अधिकतम सद्भाव, समर्थन र सहयोग प्राप्त गर्न सरकार सक्रियताका साथ लागिपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा उहाँले वर्तमान सरकारले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गरेको दाबी गर्दै हाम्रो भूमि हाम्रा छिमेकी र अन्य देशविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गर्नभयो ।

युक्रेनको विषयमा नेपालले लिएको नीति स्वतन्त्र र सही भएको जिकिर गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘क्रेनको सवालमा कूटनीतिक संवाद र आपसी मतभिन्नता र विवाद समाधान गरिनुपर्छ । कुनै पनि सार्वभौम मुलुकको सार्वभौमसत्ताविरुद्ध बल प्रयोग भए नेपालले त्यसको विरोध गर्नेछ ।’

कार्यक्रममा प्रधानमन्त्री देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज-एमसीसी) सम्झौता सांसदबाट अनुमोदन भइसकेकोले अब समय सीमाभित्रै एमसीसी अन्तर्गतका परियोजनाहरू सम्पन्न हुने बताउनुभयो । त्यसै गरी उहाँले चीनको नाम नलिईकनै छिमेकीसँग पूर्वाधार विकास र कनेक्टिभिटी बढाउन सरकार प्रतिबद्ध रहेको जिकिर पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्