शहरी विकास मन्त्रालयको सचिवमा पुनः डा. सिंह



न्युज अफ नेपाल,  काठमाडौं ।

शहरी विकास मन्त्रालयको सचिवमा पुनः डा. रमेशप्रसाद सिंह आउनुभएको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनुभएका सचिव डा. सिंह झण्डै चार महिनापछि पुनः शहरी विकास मन्त्रालयमै फर्किनुभएको हो ।

शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ । मन्त्रालयमा शुक्रबार सचिव गेलालको बिदाइ र नयाँ सचिव सिंहको स्वागत गरिएको छ ।

मन्त्रालयमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसहित कर्मचारीहरूले सचिव सिंहलाई स्वागत गर्नुभएको थियो । मन्त्री झाँक्रीले सचिव सिंहलाई कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्