कास्कीमा पर्यटक लिन गएको गाडी दुर्घटना हुँदा चालकको मृत्यु


न्युज अफ नेपाल, पोखरा ।

कास्कीमा स्कोरपियो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । माछापुच्छ्रे गाउँपालिका–८ स्थित घलेलमा पर्यटक लिन गएको ग २ च ३९३१ नम्बरको जिप पल्टिएको हो । जिप पल्टिँदा चालक बलबहादुर भुजेलको घटनास्थलमै मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

मर्दी हिमालबाट फर्किएका पर्यटकलाई लिन गएको अस्ताम इको भिलेजको गाडी दुर्घटनामा परेपछि पर्यटकलाई अर्को गाडी पठाएर ल्याइएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।