दही चिउरे र छेपारेहरूसँग चुनावी तालमेल हुँदैन : महासचिव पोखरेल 



सीताराम अधिकारी, धादिङ ।

दही चिउरे र छेपारे प्रवृत्ति भएकाहरूसँग नेकपा एमालेले चुनावी तालमेल हुन नसक्ने नेकपा एमाले महासचिव शंकर पोखरेलले बताउनुभएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई दहीचिउरे र छेपारेको संज्ञा दिँदै महासचिव पोखरेलले बोलीको भर नभएको र छिनछिनमा कुरा फेरिरहेकोले एमालेसँग चुनावी सहकार्य हुनै नसक्ने बताउनुभयो ।

प्रेस चौतारी धादिङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा माओवादी अध्यक्षले बोलेको कुरा सुन्ने हो भने छेपारो समेत लाज मान्ने अवस्था आएको महासचिव पोखरेलको भनाई छ ।

एमाले सरकारको समयमा मूल्यवृद्धि ४ प्रतिशत भन्दा कम रहेको भए पनि अहिले उपभोग्य सामाग्रीको आकासिएको छ । पुँजीगत खर्च नभएको, शोधानान्तर बचत ऋणात्मक रहेकोले तथ्यका आधारमा ५ दलीय गठबन्धन सरकार राज्य सञ्चालनमा असफल भएको पोखरेलको तर्फ छ ।

एमालेलाई कमजोर भन्नेहरू एक्लै चुनावमा आउनै नसकेकोले पहिले भन्दा एमाले सशक्त, सङ्गठित, एकताबद्ध, वैचारिक रूपले दृढ भएकाले चुनावमा एमाले तिन तहको सरकारमै विजय हासिल गर्ने महासचिव पोखरेलको भनाई छ ।

नेकपा एमाले धादिङले आयोजना गरेको चुनाव केन्द्रित प्रशिक्षण कार्यक्रमको उद्घाटनका धादिङबेसी आईपुग्नु भएका पोखरेलले यसअघि सार्वजनिक गरेका प्रतिबद्धता अधिकांश पूरा गरेकोले समृद्धिको सपना पूरा गर्न आगामी निर्वाचन जिताउन आम नागरिकसँग आग्रह गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, नेकपा एमाले केन्द्रीय सदस्य खेम लोहनी, जानुका सिम्खडा, प्रदेश सांसद डा रामकुमार अधिकारी, लगायतको सहभागिता थियो ।

जिल्ला भरका १ सय ४ वडा, १३ पालिकाबाट अगुवा कार्यकर्ताहरूको सहभागिता थियो । यसअघि गल्छीमा नेकपा एमाले पार्टी कार्यालय भवनको उद्घाटन गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्