प्रेस चौतारी गण्डकी प्रदेशको अधिवेशन सम्पन्न



न्युज अफ नेपाल, काठमाडौं ।

प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा दुई दिने कार्यक्रम  गरी भव्य रुपमा सम्पन्न भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमकाे उद्घाटन गरेका थिए । नवौं राष्ट्रिय महाधिवेशनले गणेश वस्नेतको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी सर्वसम्मत रुपमा चयन गर्दै सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष सहित महासचिव शंकर पोखरेल, उपमहासचिव एवम् प्रचार विभाग प्रमुख तथा संगठनका इन्चार्ज  पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेशकाे मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, नेकपा (एमाले) की सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्यमा अर्याल, प्रचार विभाग उपप्रमुख तथा सहइन्चार्ज  विष्णु रिजाललगायत सञ्चार सम्बद्ध विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने मूल नारासहित ७ हजार २ सय ७६ कर्मठ श्रमजीवी पत्रकारहरूको कर्मठ श्रमजीवी पत्रकारहरुको सर्वोच्च थलो नवौं राष्ट्रिय महाधिवेशन नेपाली श्रमजीवी पत्रकारहरुको अजेन्डा र सञ्चार सम्बन्धी नीति निर्माण र बहसको सन्दर्भमा ऐतिहासिक भएको छ ।

महाधिवेशनले संगठन विरुद्ध पछिल्ला समयमा सिर्जना गरिएका ती चुनौतीको सामना गर्न र षड्यन्त्रविरुद्ध लड्न संगठनको आन्तरिक जीवनमा यो महाधिवेशनले नयाँ उत्साह, उर्जा र उमंग पैदा गरेको छ । सांगठनिक संरचनासँगै मनोविज्ञानको हिसाबले पनि नयाँ उचाइको एकता, उत्साह र ऊर्जा कायम गर्न सफल यस महाअधिवेशनबाट जारी पोखरा घोषणा पत्र र सर्बसम्मत नयाँ केन्द्रीय कमिटीको सूची सहित यो विज्ञप्ति जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्