बेल्जियन ओपनमा नेपालका ६ खेलाडी खेल्दै



काठमाडौं ।

नेपालका ६ खेलाडीले बेल्जियन ओपन जी–२ तेक्वान्दो च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेतासहित नेपालका ६ पुरुष खेलाडीले बेल्जियमको लोमेलमा हुने च्याम्पियनसिपको ग्योरोगीतर्पm चुनौती प्रस्तुत गर्न लागेका हुन् । त्यसका लागि १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दै छ ।

चैत ५ देखि ६ गतेसम्म हुने च्याम्पियनसिपमा धनबहादुर दराई, ७४ केजीमा दीपेन्द्रबहादुर नेपाली, ६० केजीमा शिशिर श्रेष्ठ र वीरबहादुर महरा, ६३ केजीमा अब्बास खान र ५४ केजीमा महोहम्मद उमर खानले नेपालको चुनौती पेश गर्नेछन् । टोलीमा दुई खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता छन् । सागमा वीरबहादुरले ग्यरोगीमा स्वर्ण तथा शिशिरले पुम्सेमा कांस्य जितेका थिए । चितवन जिल्ला तेक्वान्दो संघका अध्यक्ष गोपाल श्रेष्ठ हेड अफ टिम कोचको जिम्मेवारीमा छन् ।

प्रशिक्षकमा रोशन खान तथा व्यवस्थापकमा शैलेश श्रेष्ठ छन् । वीरबाहेक सबै चितवन जिल्लाकै खेलाडी हुन् । रवीन्द्र मल्ल र ग्योरोगीका सेकेन्ड क्लास निर्णायक अशोक खड्काले च्याम्पियनसिमा निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघका आयोजित एक कार्यक्रममा संघका अध्यक्ष प्रकाशशम्शेर राणा, सदस्यद्वय राम गिरि, कुमार लामा घिसिङ र नेपाल तेक्वान्दो संघका बाग्मती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले बिदाइ गरेका थिए । अध्यक्ष राणाले देशको झन्डा बोकेर गएका खेलाडीले उचो प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्