चित्रकथा ‘डेभिड र गोलाएथ’ नेपाली भाषामा प्रकाशित



न्युज अफ नेपाल, काठमाडौं ।

स्याली अल्स्चुलरको लेखन र स्भेन नोर्क्विस्टको चित्राङ्कन रहेको चित्रकथा ‘डेभिड र गोलायथ’ प्रकाशित भएको छ । स्याली अल्स्चुलर बिस बर्ष भन्दा बढी शिक्षण पेशामा आबद्ध थिए ।

उनी बालसाहित्यको श्रीवृद्धि र प्रशिक्षणको क्षेत्रमा विगत लामो समयदेखि कार्य गर्दै आइरहेका छन् । उनी रचनात्मक लेखकका रुपमा चिनिन्छन् । कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथाको नेपाली अनुवाद भिक्टर प्रधानले गरेका हुन् ।

डेनमार्कमा प्रकाशित ‘डेभिड र गोलायथ’ शीर्षकको पुस्तक नेपाली भाषामा अनुवाद एवम् प्रकाशन गरिएको छ । यस पुस्तक जनकपुर साहित्य महोत्सव, जनकपुरमा वि.सं. २०७८ साल फाल्गुन २० गते विमोचन गरिएको थियो । पुस्तक विमोचन कार्यक्रममा उपस्थित हुन लेखक स्याली अल्स्चुलर डेनमार्कबाट नेपाल आएका थिए । बालक र बालिका बाट पुस्तक विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्