लन्डन, एजेन्सी ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्ल्यान्डमा जारी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिटीले च्याम्पियनसिप टोली पिटर्सब्रग युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । सिटीको जितमा रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा गोल गरे ।
वेस्टन होम्स स्टेडियम पिटर्सव्रगमा मंगलबार राति भएको खेलमा घरेलु टोलीले यो सिजनको प्रिमियर लिगको शीर्षस्थानमा सिटीले दोस्रो हाफमा ८ मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीको जित पक्का गरे । खेलको ६०औं मिनेटमा रियाद महारेजको गोलबाट सिटी १–० ले अघि बढेको थियो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए । खेलको ६७औं मिनेटमा ज्याक ग्रेलिसले फोडेनकै पासमा गोल गर्दै टोलीको जित पक्का गरे ।
त्यस्तै, अर्को खेलमा प्रिमियर लिग क्लब टोटेनहम हटस्पर बाहिरिएको छ । अतिरिक्त समयमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १–० ले पराजित हुँदै टोटेनहम हटस्पर एफए कपको प्रि–क्वार्टरफाइनलबाट बाहिरिएको हो । टोटेनहमको हारमा जोस कोवर्नले एक सय सातौ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
त्यस्तै, अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । क्रिस्टल प्यालेसको जितमा चेकइहोउ कोउयाट र जाइरो राइडवाल्डले गोल गर्दा स्टोकका जोस टेमोनले एक गोल फर्काए ।











प्रतिक्रिया