विजेता टिमले डेढ लाख पाउने

0
Shares

पर्वत, (नेस) ।

कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेशस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कुस्मा स्र्पोटस क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी चैत २२ देखि २६ गतेसम्म हुनेछ । नक आउटको आधारमा खेलाइने उक्त खेलमा कम्तीमा पनि २० टिमले प्रतिस्पर्धा गर्न सक्ने आयोजकले बताएको छ ।

समूह दर्ताका लागि आठ हजार रुपैयाँ तोकिएको र बाहिरी जिल्लाबाट आएका खेलाडीहरूलाई बसाई व्यवस्थापनको लागि केही सहयोग गर्ने गरी प्रयास भइरहेको कुस्मा स्र्पोटस् क्लबका अध्यक्ष बिक्रम श्रेष्ठले बताउनुभयो ।

प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ पाउने अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रदेशका सबै जिल्लाबाट कम्तीमा पनि एक टिम सहभागी गर्ने तयारी गरिएको र टिम पुगेमा एकभन्दा बढी पनि सहभागी हुन पाइने छ । करिब १५ लाख खर्च हुने जनायो ।