युक्रेनमा रहेका ३०२ जना नेपाली सुरक्षित स्थलमा



एजेन्सी ।

युद्धग्रस्त युक्रेनमा रहेका ३०२ जना नेपाली सुरक्षित गन्तव्यतिर लागेका छन् । नेपाली राजदूत रामकाजी खड्काले युक्रेनमा रहेका नेपाली सुरक्षित स्थानको खोजीमा पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेको जानकारी दिएका छन् ।

रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार मंगलबारसम्म २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, २३ जना रोमानिया र ४ माल्दावा पुगेका छन् । रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले युक्रेनको राजधानी किएभमा रहेका सबै नेपालीले युक्रेन छोडेको जानकारी दिए ।

उनले पश्चिमी मुलुकहरुले रुससँगको हवाई उडानमा प्रतिवन्ध लगाएका कारणले रुसमा बस्ने नेपालीहरुमा समेत संशय थपिएको बताए । एनआरएनए स्लोभाकियाका प्रतिनिधि जयप्रसाद शिवाकोटीले नेपालीहरुलाई खाना बस्ने र परिचयपत्र लगायत बन्दोबस्तको व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्