रुसकाे आक्रमणमा परी ७० युक्रेनी सैनिकको मृत्यु



एजेन्सी ।

युक्रेनको ओख्तिर्का शहरमा रुसको आक्रमणमा परी ७० युक्रेनी सैनिकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले दिएको जानकारीअनुसार आइतबार भएको उक्त आक्रमणमा युक्रेनी सैनिकहरुको मृत्यु भएको हो ।

युक्रेनको सुमि क्षेत्रको प्रमुख डिमित्रो झिभित्स्कीले युक्रेनको सैन्य क्याम्पमा रुसी सेनाले आक्रमण गरेको र अहिले घटनास्थलबाट सैनिकहरुको शव निकाल्नको लागि उद्धारकर्ताहरुको टोली खटाइएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गर्दै उनले उल्लेख गरेका छन्, ‘धेरै मानिसको मृत्यु भएको छ । अहिले घटनामा मृत्यु भएका ७० युक्रेनी सैनिकको लागि चिहान तयार पार्ने काम भइरहेको छ ।’ उनले रुसको तर्फ पनि ठूलो क्षति भएको उनले उल्लेख गरेका छन् । यद्यपि रुसको तर्फ भएको क्षतिको भने स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्