रुस र युक्रेनबीच शान्तिवार्ता शुरू



Vladimir Medinsky, the head of the Russian delegation, second left, and Davyd Arakhamia, faction leader of the Servant of the People party in the Ukrainian Parliament, third right, attend the peace talks in Gomel region, Belarus, Monday, Feb. 28, 2022. The Russian and Ukrainian delegations have met for their preliminary talks Monday. The meeting is taking place in Gomel region on the banks of the Pripyat River. (Sergei Kholodilin/BelTA Pool Photo via AP)

एजेन्सी, काठमाडौं ।

रुस र युक्रेनबीचको शान्तिवार्ता शुरू भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल शुरू भएको बीबीसीले जनाएको छ । युद्ध अन्त्य गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ ।

युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएको बीबीसीले उल्लेख गरेको छ । शान्तिवार्ता शुरू हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्