बस दुर्घटना हुँदा ५ जनाको मृत्य, २८ घाइते


एजेन्सी ।

पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पिसिन जिल्लामा यात्रुवाहक बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएका छन् ।

उक्त बस देशको पूर्वी शहर लाहोरबाट बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटातर्फ जाँदै गरेको बताइएको छ ।यसबाहेक, पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा दुई तीव्र गतिका ट्रकहरू राजमार्गमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्, । उद्धारकर्मीहरूले पीडितहरूलाई स्थानीय अस्पतालमा सारिएको बताएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।