रूस – युक्रेन विवाद : कुन देश कसको साथमा ?



काठमाडौं ।

युक्रेनको राजधानीमा नै विष्फोट भएको छ । शुक्रबार बिहान राजधानी किभमा दुईवटा ठूला विस्फोटको आवाज सुनिएको र तेस्रो शक्तिशाली विस्फोट राजधानीबाट अलग्गै भएको बीबीसीले जनाएको छ ।

पूर्व गृह उप-मन्त्री एन्टोन हाराशेन्कोले युक्रेनको समाचार एजेन्सीसँग विष्फोटको आवाज सुनेको बताएका हुन् । उनले क्रुज वा ब्यालिस्टिक मिसाइलको प्रयोग भएको बताएका छन् ।

यसरी यूक्रेनमाथि रूसले हमला गर्न थालेपछि आत्तिएको यूक्रेनलाई अमेरिकाले साथ दिन थालेको छ । रुसले युक्रेनमा आक्रमण गरे पछि अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको एक वक्तब्य आएको छ । ओबामाले रुसले अन्तर्राष्ट्रिय कानुन र मानवीय शिष्टताको आधारभूत सिद्धान्तको उल्लङ्घन गरेको बताएका छन् ।

युक्रेनलाई अमेरिकासँगै जर्मनी लगायत शक्ती राष्ट्रको साथ छ । रुसलाई पनि विभिन्न देशहरुले साथ दिइरहेका छन् । रुसलाई फ्रन्स, चिनलगायत देशले साथ दिइरहेका बताइएको छ ।

रुसले आफ्नो छिमेकी देश युक्रेनमा आक्रमण गर्नथाल्नु र त्यसमा अन्य ठूला शक्ती राष्ट्रहरुसमेत विभाजन भएर साथ दिनुले विश्वयुद्ध हुने आंकलनसमेत गर्न थालिएको छ ।

विहिबार विहान बाट सूरु भएको युद्धले हाल सम्म भयानक रुप लिइसकेको छ । युक्रेनको राजधानीमा अहिले निरन्तर विष्फोट भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्