नेपाल ओलम्पियन्सको अभिमुखीकरण कार्यक्रम



काठमाडौं ।

नेपाल ओलम्पियन्स संघको आयोजनामा अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सातदोबाटोमा शुरु भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । ओलम्पियनहरूको क्षमता अभिवृद्धिका लागि एनओसीको सहयोगमा आयोजित दुईदिने कार्यक्रममा ४० ओलम्पियन सहभागी छन् ।

सहभागीलाई पुस्करराज पन्तले योग तथा ध्यान, राजेश पाण्डेले पब्लिक स्पिकिङ तथा डा. प्रकाश प्रधानले खेल मनोविज्ञानसम्बन्धी ज्ञान दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव श्रेष्ठले कार्यक्रम आयोजना गरेको आयोजकको प्रशंसा गर्दै यस्ता कार्यक्रमले सहभागीको आत्मबल बढाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले सहभागीले कार्यक्रमबाट सक्दो फाइदा लिनुपर्ने सुझाए । यसैगरी, ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले आगामी दिनमा संघले यस प्रकारको कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्