रुसी बम हमलामा ७ जना युक्रेनीको मृत्यु, १९ जना बेपत्ता



In this photo taken from video provided by the Russian Defense Ministry Press Service on Wednesday, Feb. 16, 2022, Russian army tanks are loaded onto railway platforms to move back to their permanent base after drills in Russia. Russia says it is returning more troops and weapons to bases, but NATO says it sess no sign of a drawdown as fears that Moscow could invade Ukraine soon persist. Russia has massed about 150,000 troops east, north and south of Ukraine. (Russian Defense Ministry Press Service via AP)

एजेन्सी ।

रुसी सेनाले गरेको बम आक्रमणमा ७ जना युक्रेनीको मृत्यु भएको युक्रेन प्रहरीले जनाएको छ । ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको हमलामा छ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् ।

सो हमलामा १९ युक्रेनी हराइरहेका छन् । त्यस्तै, रुसी सेनाले मारियुपोल सहरमा गरेको अर्को हमलामा थप एक जनाको मृत्यु भएको छ ।

रुसी सेनाले रुस र बेलारुसको सीमाबाट आक्रमण गरेको एएफपीले जनाएको छ । केही साताअघि मात्र रुस र बेलारुसले संयुक्त सैन्य अभ्यास गरेका थिए । यसैबीच, रुसी सेनाले स्थलमार्गबाट पनि आक्रमण सुरु गरेको विवरणहरुमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्