प्रताप दास र प्राश्नाको स्वरमा विष्णु र गरिमाको मोडलिङ (भिडियोसहित)



गायक–गायिका प्रताप दास र प्राश्ना शाक्यको स्वरमा लगायौ कस्तो मोहनी बोलको गीत हालै सार्वजनिक भएको छ। गीत भिडियोसहित द नेक्स्ट टिम नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतमा सञ्जित श्रेष्ठको शब्द रचना र संगीत रहेको छ। माया प्रेमको भावले भरिएको गीतमा भर्खरै मायामा परेका जोडीले आफ्नो मनको कुरा एक अर्काबीच प्रस्तुत गर्ने क्रममा भनेका छन् छोडी आएँ मेरो माया त्यही मेरो गाउँमा, मुटु मेरो चोरी लग्यौ त्यही तिम्रो ठाउँमा।

उक्त सुमधुर गीतको भिडियोमा विष्णु नेपाल र गरिमा शर्माले अभिनय गरेका छन्। विभिन्न रमणीय स्थानमा खिचिएको भिडियो निकै आकर्षक शैलीमा निर्माण भएको छ भने गीतको भिडियोमा गायक–गायिका प्रताप दास र प्राश्नालाई पनि देखाइएको छ। बिजेश पौडेलको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा सञ्जित श्रेष्ठको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्