रियालिटी शोका लागि कंगनालाई प्रतिभाग एक करोड



बलिउड अभिनेत्री कंगना रनावतले एक रियालिटी शो सञ्चालनका लागि महँगो पारिश्रमिक पाएकी छिन्। उनल लक अप नाम रियालिटी शोका लागि महँगो पारिश्रमिक पाएकी हुन्। एकता कपुरले निर्माण गर्न लागेको उक्त शो कंगनाको पहिलो डिजिटल डेब्यु पनि हो। उक्त शोको लागि कंगनालाई एकताले मोटो रकममा अनुबन्ध गरेकी छन्।

दैनिक भाष्करको अनलाइन संस्करणमा प्रकाशित समाचारअनुसार साताको एक दिन मात्र कंगनाको सहभागिता रहने उक्त रियालिटी शोका लागि उनले प्रतिएपिसोड एक करोड भारतीय रुपियाँ पाउनेछिन्। समाचारअनुसार २२ भागसम्म कंगनाको सहभागिता रहने उक्त शोका लागि उनले २५ करोडमा सम्झौता गरेकी छिन्।

विवादास्पद विषयमा आधारित शोको होस्टका लागि एकताले सबैभन्दा पहिला कंगनालाई नै सोचेको र उनी पनि मोटो रकमको माग गर्दै उक्त कार्यक्रम होस्ट गर्न तयार भएकी हुन्। एकताले आफ्नो नयाँ कार्यक्रममा केवल विवादमा परेका सेलिब्रेटीलाई मात्र समावेश गराउने र अहिलेसम्म मोडल पुनम पाण्डे, लेखक चेतन भगत, युट्युबर हर्षलगायतलाई अफर गरिएको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्