स्मार्ट लकडाउनमै सकियो म



कोरोना जोखिमका कारण सरकारले गरेको स्मार्ट लकडाउनकै बीच म नामक फिल्मको छायांकन सकिएको छ। फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले तीन वर्षअघि निर्माण घोषणा गरेर केही प्रतिशत छायांकन गरिसकिएको फिल्मको टिम र कलाकार परिवर्तन गरेर गत महिनाबाट छायांकन शुरु गरिएको थियो।

छायाँकन शुरु भएको २६औँ दिनमा फिल्मको इन्ड्क्ल्याप गरिएको कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ। फिल्म सुनगाभा निर्देशक सुवर्ण थापाले निर्देशन गरेका छन्। निराजन प्रधान, पुनम श्रेष्ठ, सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, रुविना थापा, सविन श्रेष्ठ, संजोग रसाइली, नरेन खड्कालगायतका कलाकारले अभिनय गरको फिल्म विमला हुमागाईं र पदम पुरीले निर्माण गरेका हुन्।

फिल्मको छायांकन तेन्जिङ पाल्देनले गरेका छन्। ओमिक्रोन र स्मार्ट लकडाउका बाबजुत फिल्मको छायाँकन पूरा गरिएको एकेडेमीका सीईओ तथा मका लेखक प्रकाश पुरीले जानकारी गराए। फिल्मको अधिकांश दृश्यको अनलाइन सम्पादन भइसकेको र सबै वातावरण सही भए आगामी जेठ महिनामा फिल्म रिलिजमा ल्याइने निर्माण समूहले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्