रिहानाको सरप्राइज

0
Shares

चर्चित अमेरिकी पप गायिका रिहानाले हालै एक फोटासुट फोटो सार्वजनिक गर्दै आफू गर्भवती भएको खबर बाहिर ल्याएकी छिन्।

३३ वर्षीया अविवाहित रिहानाले प्रेमी तथा र्यापर आसप रक्कीका साथ गत हप्ता नै फोटोसुट गरे पनि उनले सोमबार मात्र उक्त फोटो सामाजिक सञ्जालमा शेयर गरेर आफ्ना फ्यानलाई सरप्राइज दिएकी हुन्। तश्वीरमा जिन्स र गुलाफी ज्याकेटमा निकै राम्री देखिएकी रिहानाले ज्याकेटका केही टाँक खुल्लै राखेर आफ्नो बेबी बम्ब देखाएकी छिन्।

रिहाना र रक्कीले आफ्नो प्रेम सम्बन्धबारे सन् २०२० मा खुलासा गरेका थिए।

Skip This