नारायणहिटीमा गर्ने भनिएको महायज्ञ स्थगित

0
Shares

काठमाडौं, (नेस) ।

नारायणहिटी दरबारभित्र यही आज १९ देखि २९ सम्म गरिने भनिएको महायज्ञ स्थगित भएको छ । वर्तमान समयमा नेपाललाई सतीले श्राप दिएकै हो भन्ने ठानेर पापबाट मोक्ष लिनका लागि दरबारभित्रै महायज्ञ गरिने तय भए पनि मंगलबार आयोजक समितिले पत्रकार सम्मेलन गरेर हाललाई सो स्थगित भएको जानकारी दिइएको हो ।

सोमबार महायज्ञ स्थगित गर्नु भनी गृह मन्त्रालय तथा काठमाडौं जिल्ला प्रशासन कार्यालबाट पत्र प्राप्त भएकाले हालको विषम परिस्थितिलाई मनन् गर्दै तत्कालका लागि महायज्ञ स्थगित गरेको संयोजक ताराबहादुर कुँवरले जानकारी दिनुभयो ।

श्री सती श्राप मोक्ष धाम र हजुरलाई नमस्ते परोपकारी अभियानको संयुक्त आयोजनामा ‘सती श्राप मुक्ति शिव शक्ति श्री महायज्ञ’ गरी देशमा शान्ति, सुव्यवस्था, अमन चयन तथा विभिन्न संकटबाट मुक्ति गराउने उद्देश्यले महायज्ञ गरिन लागेको थियो ।