किम १३ वर्ष कान्छोको प्रेममा

0
Shares

हलिउड स्टार एवं मोडल किम कार्डसियन यति बेला नयाँ प्रेम सम्बन्धका कारण चर्चामा छिन्। समाचारमा जनाइएअनुसार पूर्वपति गायक कान्या वेस्टसँग सम्बन्ध विच्छेदपछि किम आफूभन्दा १३ वर्ष कान्छा कमेडियन पिट डेविसनसँग डेट गरिरहेकी छिन्।

डेली मेलमा प्रकाशित समाचारअनुसार आफूहरुको सम्बन्धबारे बोल्न सञ्चारमाध्यमबाट बच्दै आएका किम र पिट हिजोआज बाक्लो रूपमा डिनर टेडमा निस्किएको देखिन्छन्। हालै मात्र डिनर डेटमा निस्किएका बेलाका लिइएका उनीहरुको केही फोटो इन्टरनेटमा छाइरहेको छ। योसँगै किमको नयाँ प्रेम सम्बन्धको खबर पनि चर्चामा रहेको छ।

कान्या वेस्टसँगको ६ वर्षको वैवाहिक सम्बन्धपछि गत वर्ष अलग भएकी किमको कान्याबाट चार सन्तान रहेका छन्। जसमध्ये दुई सन्तानलाई किमले जन्म दिएकी थिइन् भने सेरोगेसीको माध्यमबाट अन्य दुई सन्तानको आमा बनेकी थिइन्। ४१ वर्षीया किमले कान्याभन्दा अघि संगीत निर्माता डेमन थोमसका साथ विवाह गरेकी थिइन्।

आफूभन्दा १० वर्ष जेठा डेमनसँग किमको वैवाहिक जीवन ३ वर्षमात्र चलेको थियो। डेमनसँग किमले सन् २००० मा विवाह गरेकी थिइन्।

Skip This