एफएलएफ अवार्डको मनोनयन सार्वजनिक



फाल्गुनन्द लिङदेन फिल्म्स्ले आयोजना गर्दै आएको एफएलएफ अवार्डको चौथो संस्करणको मनोनयन सार्वजनिक भएको छ। लिम्बू भाषा संस्कृतिमा बनेका म्युजिक भिडियो, पालाम र फिल्मको विधा समेटिएको अवार्डका लागि आयोजकले १७ विधाको मनोनयन सार्वजनिक गरको हुन्।

अवार्डको प्रमुख विधाअन्तर्गत निर्देशन विधामा सागर सुब्बा, सागर केरुङ, हाङ चेम्जङ र लोकेन साँवा, नायकमा हेमराज आन्छाङबो, भीम थेबे लिम्बू र नरेश बनेम तथा नायिकामा लक्ष्मी योङहाङ, बबिता फोम्बो र रूपा आङबुहाङ, मनोनयनमा परेका छन्।

त्यस्तै, गायकमा संगम बनेम लिम्बू, सुमन लिम्बू र नरेश बनेम, गायिकामा निरन्ता नेम्बाङ, मनु नेम्वाङ र मिलन नेवार, छायांकनमा युवराज राई, इशक जबेगु र तिलक रिजाल मनोनयनमा परेका छन्। राजधानीमा शुक्रबार आयोजित मनोनयन सार्वजनिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक तथा पूर्वमन्त्री देव गुरुङले पूर्व मेजर जनरल होमकुमार लावती, रत्न लिङदेन लावती, आशा नेम्वाङ, नितु नेम्बाङलगायतलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्