सेरोगेसीबाट आमा बनिन् प्रियंका

0
Shares

बलिउडदेखि हलिउडसम्म ख्याति कमाउन सफल अभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। ३९ वर्षीया प्रियंका तथा उनका २९ वर्षीय पति हलिउड गायक निक जोन्स सेरोगेसीको माध्यमबाट आमाबाबु बनेका हुन्।

आफूहरू माता पिता बनेको कुरा उनीहरू दुवैले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्। दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै लेखेका छन् ‘हामीलाई आफूहरूले सेरोगेसीको माध्यमबाट आमा बाबु बन्दै एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेको कुरा बताउन पाउँदा निकै खुसी लागेको छ।’

प्रियंका र निक आमा बाबु बनेको खबर बाहिरिएसँगै उनीहरूलाई बलिउडदेखि हलिउडसम्मका सेलिब्रेटीदेखि फ्यानसम्मको बधाईको ओइरो लागेको छ। प्रियंका र निक सन् २०१८ मा विवाह बन्धनमा बाँधिएका थिए।

Skip This