तनिशाको स्पष्टीकरण

0
Shares

सेलिब्रेटीहरू चर्चामा रहन मन पराउने भए नि कहिलेकाँही सामाजिक सञ्जालमा फैलिने अफवाहले समस्यामा पर्ने गर्छन्। त्यस्तै, भएको छ बलिउड अभिनेत्री तनिशा मुखर्जीलाई पनि। हालै गोवामा छुट्टी मनाउन पुगेकी उनको विवाह भएको अफवाह फैलिएपछि उनले आफू अविवाहित भएको स्पष्टीकरण नै दिनुपरेको छ। तनिशाले केही दिनअघि सामाजिक सञ्जाल इन्स्टाग्राममा गोवा घुमघामको फोटो सेयर गर्दा खुट्टामा बिच्छी लगाएको फोटोसमेत राखेकी थिइन्।

भारतीय संस्कारअनुसार विवाहित महिलाले मात्र बिच्छी लगाउने चलन भएकोले मानिसहरूले तनिशाले गुपचुपरूपमा विवाह गरिसकेको अड्कल काट्न पुगे। यो हल्ला सामाजिक सञ्जालमा यति तीव्ररूपमा फैलियो कि सञ्चारमाध्यमहरूले पनि तनिशाको विवाहबारे समाचार लेख्न र प्रसारण गर्न थाले। त्यसपछि, तनिशाले यसबारेमा मुख नखोली सुखै पाइनन्। तनिशाले सञ्चारमाध्यमहरूसँग आफू अविवाहित भएको र विवाहका लागि योग्य व्यक्ति नभेटेको बताएकी छिन्। ‘खुट्टाको औँलामा बिच्छी लगाउने मेरो सोख भएको कारण लगाएकी हुँ।

जरुरी छैन कि मानिसहरूले मेरो फेसन सेन्सलाई सहीरूपमा अथ्र्याउन्’ विवाहबारे बोल्दै तनिशाले भनेकी छिन्– ‘विवाहबारे सबै जना सोचिरहेका हुन्छन्। म पनि सोचिरहेको छु। तर, अझै पनि मेरो विवाह भएको छैन।’केही व्यक्तिले भने चर्चामा आउनका लागि तनिशाले यस प्रकारको तस्वीर सेयर गरेको आरोपसमेत लगाएका छन्।

Skip This