नियमित तातो पानी पिउनुका फाइदाहरु



जुनसुकै स्वास्थ्य समस्या आए पनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छन् । एक त पानीको मात्रा कम, त्यसमा पनि तातो पानी नपिउनाले शरीरमा विभिन्न प्रकारका समस्या देखा पर्दछन् । त्यसैले तातो पानी पिएर स्वास्थ्यलाभ गरौं । यसका फाइदा निम्न छन् :

तौल कम गराउँछ : तपाईंको तौल लगातार बढिरह्यो र धेरै कोशिशपश्चात् पनि कुनै असर गरेन भने तातो पानीमा कागती मिसाएर लगातार तीन महिनासम्म पिउने गरेमा तपाईंले फरक अनुभव गर्न सक्नुहुन्छ । तपाईं आफ्नो स्वास्थ्य राम्रो चाहनुहुन्छ भने खाना खाएपछि एक गिलास तातो पानी खाने गर्नुहोस् ।

चिसो हुनबाट बचाउँछ : यदि तपाईं अस्वस्थ हुनुहुन्छ, छातीको चिसोले सताइरहेको छ भने तातो पानी पिउन लाभदायक हुन्छ । तातो पानी पिउनाले गला पनि ठीक हुन्छ । यसको सेवनले आराम मिल्छ ।

महिनावारीको दुखाइ कम गराउँछ : महिनावारीको दुखाइले प्रायः महिलाहरुको नियमित कामलाई नै रोकिदिन्छ । तातो पानीले यो दुखाइलाई कम गर्न सक्छ । साथै तातो पानीले पेटको दुःखाइ पनि कम गर्न मद्दत गर्छ ।

शरीर सफा गराउँछ : तातो पानी पिउनाले शरीर सफा गर्न मद्दत मिल्छ । यसले शरीरका धेरै खराबीहरुको सजिलैसँग सफा गरिदिन्छ । तातो पानी पिउनाले शरीरको तापमान बढ्न जान्छ, जसले पसिना निकाल्छ र यसको माध्यमबाट शरीरको विकारलाई बाहिर फाल्न मद्दत गर्छ ।

अनुहारमा कलिलोपना आउँछ : तपाईंको अनुहारको छालाले तपाईंलाई दुःखी बनाएको छ भने चिन्ता नलिनुहोस् । आजैदेखि तातो पानी पिउन शुरुवात गर्नुहोस् । केही हप्तामै परिवर्तन देख्नुहुन्छ । छालाका अंगहरु नरम हुनेछन् र चमक पनि बढ्नेछ ।

कपालको लागि फाइदा गर्छ : तातो पानीको सेवन कपाल र छाला दुवैको लागि फाइदाजनक छ । यसले कपाललाई चमकदार बनाउँछ र बढाउन पनि मद्दत गर्दछ ।

पेटलाई दुरुस्त राख्छ : तातो पानी पिउनाले पाचन क्रियालाई सहज बनाउँछ । साथै ग्यासको समस्यालाई पनि कम गर्न मद्दत गर्दछ । खाना खाएपछि एक गिलास तातो पानी पिउने बानी गर्नुस् । यसो गर्नाले खानालाई छिट्टै पचाउँछ र पेट हल्का हुन्छ ।

रक्तसञ्चारलाई सन्तुलन गर्छ : शरीर सुचारु रुपमा चल्नको लागि रक्तसञ्चार पूरै शरीरमा सही हुन आवश्यक हन्छ । यसको लागि तातो पानी पिउनु लाभदायक हुन्छ ।
नमिता राई, हेटौडा

प्रतिक्रिया दिनुहोस्