सोमालियाको राजधानीमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु


न्युज अफ नेपाल,एजेन्सी ।

सोमालियाको राजधानी मोगादिसुमा एउटा कारमा बम बिस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् ।

बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।बिस्फोट स्थलनजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । बिस्फोटमा अतिवादी समूहको संलग्ना रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।