एमाले ललितपुरको अध्यक्षमा आचार्य सर्वसम्मत



ललितपुर । नेकपा एमाले ललितपुरको अध्यक्षमा पुरुषोत्तम आचार्य सर्वसम्मत चयन भएका छन् । गत शनिबारदेखि जारी जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्ष प्रेमभक्त महर्जन, सचिव राम राउत, उप सचिव श्याम व्यञ्जनकार र तारा सञ्जेल निर्वाचित भएका हुन् । बन्दसत्रले १ सय १५ सदस्यको जिल्ला सदस्यको नामावली पनि घोषणा गर्दैछ । अहिले औपचारिकताका लागि फारम भर्ने काम भइरहेको छ ।

केही समयमै निर्वाचन समितिले कार्यसमिति घोषणा गर्ने कार्यक्रम रहेको एक प्रतिनिधिले बताए । एमालेको गोदावरी विधानसभाले जिल्लामा ५ जना कार्यसमिति पदाधिकारीसहित १२० जनाको क्लष्टरसहित कार्यसमिति बनाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्