एनपीएल : वर्षाले लुम्बिनी–चितवनको खेल बिथोल्यो, दुवैलाई एक–एक अंक


काठमाडौं ।

लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल सञ्चालन गर्न योग्य नभएपछि खेल रद्द गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्।

खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक प्राप्त गरेका छन्।

आजको दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। अपराह्न ५ बजेका लागि तय गरिएको उक्त खेल पनि वर्षाका कारण प्रभावित हुन सक्ने सम्भावना छ।