काठमाडौ ।
बाराको फेटा गाउँपालिका–३ स्थित स्वास्थ्य चौकीमा थुनिएका इन्स्पेक्टरसहित करिब ३८ जना सरकारी कर्मचारीको सकुशल उद्धार गरिएको छ।
स्थानीय युवक आदित्य पासवानलाई गोली लागेपछि उत्पन्न तनावका कारण स्वास्थ्य चौकीको मुख्य भवनमा रहेका कर्मचारीहरू झन्डै दुई घण्टासम्म घेराबन्दीमा परेका थिए।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार बिहान साढे १० बजेदेखि थुनिएका उनीहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्।
शनिबार बिहान आधारभूत अस्पताल उद्घाटन गर्ने क्रममा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी र विपक्षी समूहबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको थियो। विवाद उग्र बनेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ।











प्रतिक्रिया