काठमाडौं ।
बैतडीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज दिउँसो १ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रका अनुसार बैतडीको अरिगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।
यसअघि गत असोज २१ गते राति बाजुरालाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।











प्रतिक्रिया