काभ्रे र ललितपुरका खोलामा बाढीको सतह सतर्कता तहभन्दा माथि


काठमाडौं ।

काभ्रे र ललितपुरका विभिन्न खोलामा पानीको सतह सतर्कता तह पार गरेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार काभ्रेको रोशी र पनौती खोला तथा ललितपुरको बागमती र कोड्कु खोलामा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको हो।

पानीको सतह अझै बढिरहेको भन्दै महाशाखाले खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।