बास्केटबल प्रतियोगितामा साइपाल सफल



काठमाडौं ।

साइपाल एकेडेमीले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ । साइपालले टाइम्सलाई ३८–२८ ले पराजित गर्यो । साइपालको जितमा साहिल तमुले १४ अंक योगदान गरे । कपनको भंगालस्थित भ्याली पब्लिकद्वारा आयोजित प्रतियोगितामा जेभियर इन्टरनेसनल कलेज र ट्रिनिटी इन्टरनेसनल कलेजले पनि सफलता पाए ।

सम्राट भूमिको ११ अंक मद्दतमा जेभियरले हेराल्ड इन्टरनेसनल कलेजलाई ३६–२६ ले हरायो । ट्रिनिटीले अक्सब्रिज इन्टरनेसनल कलेजमाथि ३२–३० को कठिन जित दर्ता ग¥यो । ट्रिनिटीका दोर्जे तामाङले ११ स्कोर गरे । प्रतियोगिताअन्तर्गत शुक्रबार हेराल्ड र साइपाल, जेभियर र टाइम्स, अक्सब्रिज र एन्जल्स हर्ट कलेज तथा ट्रिनिटी र आयोजक भ्याली पब्लिकबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्