मंगलले एक्लै माउन्टेन बाइक चलाउने



काठमाडौं ।

प्रोफेसनल माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जीएचटी अन ह्विल्स) मा एक्लै माउन्टेन बाइक चढ्ने बताएका छन् । मंगलले बुधबार पत्रकार सम्मलेन गरी पूर्वको कञ्चनजंघादेखि पश्चिमको हुम्लासम्म हिमालयको उच्च मार्गहरूमा फैलिएको १७ सय किमी लामो जीएचटीमा एक्लै बाइक चलाउने बताएका हुन् । उक्त अभियान १ अप्रिल २०२२ देखि शुरू हुने पनि उनले बताए ।

उनको उद्देश्य हिमालयन समुदायमा कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका चुनौतीबारे चेतना जगाउनु, विशेषगरी जीएचटीलाई प्रमुख साहसिक पर्यटन गन्तव्यको रूपमा प्रवद्र्धन गर्नु र स्थानीय समुदायलाई संलग्न र सशक्त बनाउने रहेको छ ।

मंगल जुनियर मेकानिकको रूपमा र पछि माउन्टेन बाइकिङ गाइड रेसरको रूपमा करिअर अघि बढाएर २००६ देखि पर्यटन उद्योगमा रहँदै आएका छन् । यसक्रममा उनले स्थानिय माउन्टेन बाइक दौडमा भाग लिँदै प्रमुख राष्ट्रिय र अन्तर्राष्ट्रिय दौडमा प्रतिस्पर्धा गर्दै १० वर्षको अवधिमा विभिन्न १० उपाधि जितिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्