एथलेटिक्स टोली बंगलादेश जाने



काठमाडौं ।

बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दै छ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्नेछन् । पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए ।

त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । मुख्य प्रशिक्षकमा प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्