गोल्डेनगेट सेमिफाइनलमा



काठमाडौं ।

गोल्डेनगेट प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा पराजयका बाबजुद बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुरले गोल्डेनगेटलाई ८०–६८ ले पराजित गर्यो । कीर्तिपुरका प्रनिश महर्जनले १७ अंक जोडे । लिगमा समग्रमा गोल्डेनगेटको प्लस १० र कीर्तिपुरको प्लस ७ अंक भएकाले गोल्डेनगेटले सेमिफाइनलको बाटो तय गरेको हो ।

कीर्तिपुरले सुरुका दुई क्र्वाटर क्रमशः २४–२३ र २१–१२ ले आफ्नो पक्षमा पार्यो । तेश्रो क्वाटरमा १३–१८ ले पछि परेको कीर्तिपुर चौथोमा २२–१५ ले अगाडि रह्यो । सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसँग हुनेछ । अर्को सेमिफाइनलमा टाइम्सले गोड्स विरुद्ध खेल्नेछ । दुवै सेमिफाइनल शुक्रबार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्