काठमाडौंको बौद्धमा कोठाभित्र युवक–युवती मृत भेटिए


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको बौद्धमा रहेको राधाकृष्ण मन्दिरनजिकै एउटै डेरामा सँगै बस्दै आएका युवक र युवती मृत फेला परेका छन् । प्रहरीका अनुसार संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत भेटिएका हुन् ।

दुवैलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ। दुवै जनाको शरीरमा चोट रहेको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।